अनिश्चितकालका लागि रोकियो जनगणना

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
janadadana

पोखरा । कोरानोको दोस्रो लहर तीव्र फैलिएसँगै सरकारले अनिश्चितकालका लागि राष्ट्रिय जनगणना स्थगित गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ औं जनगणनाको सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको हो।

सरकारले निर्णय लिए पनि अझै केन्द्रीय तथ्यांक विभागमा भने आधिकारिक पत्र पुगेको छैन।

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक तथा गणक प्रमुख हेमराज रेग्मीले निर्णयका विषयमा सुनेको तर आधिकारिक पत्र आइनपुगेको जानकारी दिए। उनले भने, ‘हामीले पनि स्थगितको निर्णय भएको सुन्यौं। भरेसम्म आधिकारिक पत्र आइपुग्ला।’

गणक प्रमुख रेग्मीका अनुसार अहिले करारमा नियुक्त भएका ९ हजार सुपरिवेक्षकको तालिम चलिरहेको थियो। विभागले तत्काल उक्त तालिम स्थगित गर्ने तयारी गरे पनि सरकारले गणना नै स्थगित गरेको हो।

१२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। असारसम्म गणनाको सबै रिपोर्ट बुझाउने कार्यतालिका थियो। सरकारको निर्णयसँगै कार्यतालिका प्रभावित हुने भएको छ।

नेपालमा १९६८ देखि हरेक १०/१० वर्षमा जनगणना हुने गरेको छ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width