लुम्बिनीका २ स्वतन्त्र सांसदको समर्थन शंकर पोखरेललाई नै

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
lumbini pradesh shabha

पाेखरा ।  लुम्बिनी प्रदेशका २ स्वतन्त्र सांसदले आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई हुने बताएका छन्।

सूर्य चिन्हबाट चुनाव जितेका कपिलबस्तु २ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्तिमार्फत आफूहरूको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका हुन्। उनीहरू हृदयश त्रिपाठी लाइनका हुन् ।

यसअघि उनीहरू पोखरेलको विपक्षमा रहेकाे र त्यही अनुसार हस्ताक्षर गरेकाे भन्दै खबर सार्वजनिक भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width