मुख्यमन्त्री गुरुङमा कोरोना पुष्टि, स्वास्थ्य अवस्था सामान्य

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी, लुम्बिनीसहित केन्द्रमा राजनीतिक सरगर्मी बढेकै बेला गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार टाउको दुखेर सामान्य ज्वरोको महसुस गरेपछि तत्कालै उनको एन्टिजेन परीक्षण गरिएको थियो । एन्टिजेन पोजेटिभ देखिएपछि तत्कालै उनको पिसिआरका लागि स्वाब लिइएको थियो ।

मंगलबार लिएको स्वाबको नतिजा बुधबार आएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयका केही कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । प्रेस संयोेजक विक्रम न्योपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् । मुख्यमन्त्री गुरुङको सम्पर्कमा आएकाहरुलाई पिसिआर गर्न र सतर्क रहन उनले आग्रह गरेका छन् ।

मंगलबार प्रदेश सभा सचिवालयमा बसेकाे सर्वदलीय बैठकमा मुख्यमन्त्री सहभागी थिए । बैठकमा सहभागी सभामुख नेत्रनाथ अधिकारी, प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा र जनता समाजवादीका हरिशरण आचार्य सहभागी थिए । उनीहरु कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् ।

१३ गते गण्डकीको हिउँदे अधिवेशन सुरु भएकामा एमाले सांसदहरुले पिसिआर नगरी बैठक नचलाउन आग्रह गरेका थिए । त्यतिबेला गरिएको पिसिआरमा राजिव पहारीसहित ३ सांसदमा कोरोना पुष्टि भएको थियो ।
एक सांसदलाई त पहिला नै कोरोना पुष्टि भए पनि संसद र अन्य बैठक र भेटघाटहरुमा सहभागी भएको बताइएको छ ।

मंगलबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सर्वदलीय बैठकमा सहभागी मुख्यमन्त्री गुरुङले अहिले कोरोनाको खतरा भएको, प्रशासनले निषेधाज्ञा लगाएको जस्ता कारणले अहिले विशेष अधिवेशनको बैठक नराख्न सुझाएका थिए ।

मुख्यमन्त्री बिरामी परेसँगै प्रदेश सभामा विचाराधीन अविश्वासको प्रस्तावको भविष्य के हुने अन्योल बढेको छ ।

यसभन्दा पहिलाकाे समाचारमा एन्टिजेन हुनुपर्नेमा आरडिटी हुनगएकामा सच्याइएकाे छ । 

सम्पादक

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width