कावासोतीको यातायातको आंशिक सेवा

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
yatayat office kawasoti

नवपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको यातायात कार्यालयका आंशिक कार्य आइतबारदेखि बन्द गरेको छ । नवलपुर जिल्लामा पनि कोभिड १९ को संक्रमण फंैलदै गएको र भीडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै वैशाख १९ गते अर्थात् आइतबारदेखि नियमित प्रवाह गर्नु पर्ने सेवाबाहेक अन्य काम बन्द गरिएको कार्यालयले जनाएको छ ।

यातायात कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख ज्ञानप्रसाद भुसालका अनुसार लाइसेन्सको फारम भर्ने, बायोमेट्रिक अर्थात फोटो खिच्ने, लिखित र ट्रायल परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ । त्यसैगरी ब्लुबुक नवीकरण, सवारीको कर बुझ्ने, जाँचपास, रुट पर्मिट लगायतका काम भने नियमित काम अन्तर्गत हुनेछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post