गण्डकीको संसद चलाउन आज कार्यव्यवस्था बैठक, सत्ता पक्ष के गर्ला ?

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
parle netra subba

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद ‘हराएपछि’ स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक अझै अनिश्चित छ । सदन चलाउन सभामुख नेत्रनाथ अधिकारीले आज बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक डाकेका छन् ।

पछिल्ल्लो समयमा सिर्जित राजनीतिक घटनाक्रमका कारण कुर्सी जोगाउन सफल मानिएको सत्तारुढ दल एमाले भने उक्त बैठकमा सहभागी हुने नहुने टुंगो लागेको छैन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्थमन्त्री किरण गुरुङ सभामुखप्रति आक्रामक रुपमा उत्रेका छन् । मुख्यमन्त्री र जिम्मेवारी मन्त्रीहरुले नै सभामुख र सदनप्रति यस्ता अभिव्यक्ति दिएपछि विभिन्न खाले प्रतिक्रिया पनि आउन थालेका छन् । सबै दललाई मिलाएर लैजानुपर्ने दायित्व बोकेका मुख्यमन्त्री गुरुङले अभिभावकीय भूमिका खेल्न चुकेको पनि बताइएको छ ।

एमालले अविश्वास प्रस्तावको औचित्य सकिएकाले विशेष अधिवेशन अब चल्न नसक्ने बताउँदै आएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले आज बिहान बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा दल सहभागी हुने कि नहुने भन्ने अझै टुंगो नलागेको बताउँछन् । दलका नेता एवं मुख्यमन्त्री गुरुङसँग सल्लाह गरेर उनकै निर्देशन अनुसार आफूहरु अगाडि बढ्ने प्रमुख सचेतक अधिकारीले बताए ।

सदन चलाउनकै लागि सभामुखले दलका नेताहरुसँग छलफल पनि गरिरहेका छन् । जनमोर्चा संसदीय दलका नेता कृष्ण थापासँग उनले आइतबार भेटेका छन् । जनमोर्चाकै सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए । आफ्ना सांसद बिरामी भएर उपचार गराइरहेको जानकारी जनमोर्चाले सभामुखलाई औपचारिक रुपमा गराइसकेको छ ।

यही जानकारीपछि सभामुख अधिकारीले बैठक बोलाउन तयारी थालेका हुन् । सभामुख अधिकारीले आइतबार नै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृृृष्णचन्द्र नेपाली पोखरेलसँग फोनवार्ता गरेका थिए ।

वैशाख २ गते कांग्रेससहित ३ दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । अविश्वास प्रस्ताव पारित गर्न ३१ मत चाहिनेमा जनमोर्चाका खीमविक्रम शाही र स्वतन्त्र सांसद अनुपस्थित थिए ।

जनमोर्चाकै पियारी थापाले सांसद शाही हराएको सूचना दिएका आधारमा बैठक स्थगन भएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।

संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width