गण्डकी अस्पताललाई प्रदेश सरकारले ६२ लाख दिने

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
Gandaki Province Cabinet Building

पोखरा । संघ सरकार मातहतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई गण्डकी प्रदेश सरकारले ६२ लाख रुपैयाँ दिने भएको छ । कोभिड १९ का बिरामीको उपचारका लागि उक्त रकम प्रदान गर्ने निर्णय भएको हो । उक्त रकम अस्पतालमा आइसियु र एचडियु लगायत पूर्वाधारका लागि प्रयोग हुने छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको प्रदेश कोभिड १९ संकट व्यवस्थापन समितिले सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको समिति प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए ।
कोभिड १९ रोकथाम र नियन्त्रण कोषमा जम्मा भएको रकम उपलब्ध गराउन लागिएको हो । समितिले केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अक्सिजनका ५ हजार वटा सिलिन्डर मागेको छ । यसैगरी बढ्दो महामारी नियन्त्रणका लागि जनशक्ति अभावका भएका बेला १० जना जनरल फिजिसियन, १० जना एनेस्थेसिस्ट उपलब्ध गराइदिन समेत समितिले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशमा कोभिड १९ को संक्रमा ह्वात्तै बढेकाले कुनै पनि ठाउँमा आइसोलेसन वार्ड अभाव हुन नदिने व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ । ‘अस्पतालमा तत्काल बेड उपलब्ध हुन नसक्ने अवस्थामा होम आइसोलेसनलाई प्रोत्साहन दिन र होम आइसोलेसनका संक्रमितलाई निशुल्क उपलब्ध गराउनुपर्ने आइसोलेसन किटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने,’ निर्णयमा भनिएको छ । कम्तीमा ३ महिनालाई आवश्यक किटका लागि लाग्ने रकम यकीन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गर्ने निर्णय समेत समितिले गरेको प्रवक्ता डा. शर्माले बताए ।

उनका अनुसार कोरोना संक्रमितको उपचार गर्न थप प्राविधिक जनशक्ति आवश्यकता पर्ने भएमा व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लेखी पठाउने निर्णय समेत आइतबार भएको छ ।

कोभिड १९ रोकथामका लागि भिडभाड हुन नदिने, सभा, समारोह, भेला, गोष्ठी र तालिम लगायत कार्यक्रम हुन/गर्न नदिने व्यवस्था मिलाउन जिल्लाका समितिहरुलाई पत्राचार गर्ने पनि प्रदेश समितिले निर्णय गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको अस्पतालमा संक्रमितको उपचार गर्न आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्राविधिक जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी यथाशीघ्र पदपूर्ति गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने सहमति पनि भएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width