माओवादी प्रवेश गरेकी लुम्बिनीकी प्रदेश सांसद विमलाकुमारी भन्छिन् :  कसैको दबाब र प्रभावमा परेकी छैन

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
bimala oli

पोखरा । लुम्बिनी प्रदेशसभामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित भई भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेकी विमलाकुमारी खत्रीले आफू कसैको प्रभाव र प्रलोभन नपरेको बताएकी छन्। सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद् वलीले माओवादी प्रवेश गर्ने आफ्नै निर्णय भएको बताएकी हुन्।

उनले यसअघि आफूलाई पार्टी थाहा नभएको तर अहिले नेकपा माओवादी केन्द्र प्रवेश गरेको बताइन्। मलाई पार्टी थाहा छैन। तर, अहिले माओवादी केन्द्र रोजेकी छु, उनले भनिन्।

उपनिर्वाचनमा नेकपाबाट लडेको र अदालतको निर्णयले नेकपा पूर्ववत् एमाले र माओवादीमा फर्किएपछि खत्रीले माओवादी रोजेको बताएकी हुन्। उनका श्रीमानले तत्कालीन एमालेबाट चुनाव जितेका थिए। दुर्घटनामा उनको मृत्यु भएपछि खत्री श्रीमानको ठाउँमा चुनाव जित्दै नेकपाबाट प्रदेश सभा सदस्य बनेकी थिइन्। खत्री दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित भएकी हुन्।

ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। अब पोखरेलसँग ४० सांसद मात्रै छन्। संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकार बनाउन पोखरेललाई ४१ सदस्य आवश्यक पर्छ। जुन अब उनीसँग छैन।

लुम्बिनी प्रदेश सभामा माओवादीका १७, कांग्रेसका १९, जसपाका २ र राजमोका १ सांसद छन्। यी सबैले साथ दिँदा पनि पोखरेलको मत ३९ मात्र हुन्छ। सभामुख माओवादीका हुन् तर उनको मताधिकार हुँदैन। मत बराबर भएमात्र सभामुखले मत दिन पाउने ‌स‌वैधानिक व्यवस्था छ।

एमालेका ४० मध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन्। उनीहरूले साथ नदिए पोखरेल अल्पमतमा पर्छन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width