पोखरेलको बहुमत नभएको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई विपक्षी ४० सांसदले हस्ताक्षर बुझाए

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
lumbini pradesh shabha

पोखरा ।  लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को एकल बहुमत नभएको भन्दै विपक्षी दलहरुले प्रदेश प्रमुख धर्मनाथ यादवलाई हस्ताक्षर बुझाएका छन्।

माओवादी केन्द्र, कांग्रेसलगायतका दलले शंकर पोखरेलको पक्षमा बहुमत नभएको दाबी गर्दै हस्ताक्षर बुझाएको माओवादी केन्द्रकी सांसद दामाकुमारी शर्माले जानकारी दिइन्।

लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसंग माग गरेका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले आइतबार मात्र आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका हुन् ।

तर पोखरेलले आफूसंग ४१ सांसदको बहुमत रहेको दावी गर्दै एकल वहुमतको सरकारको मुख्यमन्त्रीमा नियुक्ति र सपथको तयारी गरेका थिए ।

मुख्यमन्त्रीको यस्तो तयारीपछि दाङ ३ (ख) बाट निर्वाचित वलीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी थिइन् । वलीको निर्णयसंगै हाल ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत गुमेको छ । प्रदेशसभामा एमालेको सांसद संख्या ४० मात्र पुग्छ ।

एमालेको बहुमत गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

‘शंकर पोखरेलजीले एकपछि अर्को बेइमानी गर्नुभयो, बहुमत गुमाइसकेपछि पनि बहुमतमा छु भनेर प्रदेश प्रमुखलाई ढाँट्नुभयो, विशेष अधिवेशन पनि अन्त्य गराउनुभयो’ घर्तीले भने, ‘अब उहाँसंग होइन, हामीसँग बहुमत छ, हामीले सरकार बनाउंदैछौं भन्ने जानकारी प्रदेश प्रमुखलाई गरायौं ।’

अब चार दलको वैठक बसेर संविधानको धारा १६८ उपधारा २ अनुसार गठवन्धन सरकार बनाउने दाबी लिखित रुपमा बुझाउने घर्तीले बताए ।

वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा ४१ सांसद पुगेका छन् । जसमध्ये एक जना सभामुख छन् ।

संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width