वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो ।
वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो ।
वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ¥यापिड रेस्पोन्स टिमले कम्तीमा पनि दुई साताका लागि बन्दाबन्दी गर्न सिफारिस गरेअनुसार नगरस्तरीय जोखिम व्यवस्थापन केन्द्रले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरी पूर्ण बन्दाबन्दीका लागि जिल्ला जोखिम व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता काफ्लेले बताए ।
प्रवक्ता काफ्लेका अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको सिमानाभित्र सो अवस्था घोषणा गरिएको हो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१