लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
lumbini pradesh shabha

पोखरा । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।

कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ साहले आज आइतबार दिउँसो १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

आजमात्रै राजीनामा दिएर कामचलाउ बनेका मुख्यमन्त्री पोखरेलले आज दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न आजै सिफारिस गरेका थिए।

मुख्यमन्त्रीको राजीनामा आएकाले संसदको बिजनेस नभएको भन्दै अधिवेशन अन्त्य गरिएको कामचलाउ मन्त्री बैजनाथ चौधरीले बताए।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग भएपछि आइतबार विशेष अधिवेशन आह्वान गरिएको थियो।

अविश्वासको प्रस्तावकै विषयमा छलफल गर्न आह्वान गरिएको विशेष अधिवेशन मुख्यमन्त्रीले नै राजीनामा दिएपछि अन्योल बढेको थियो।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width