पोखरा । नेकपा एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेशको केही बेरअघि सम्पन्न संसदीय दलको बैठकले एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै अगाडि सार्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले जानकारी दिए । पोखरेलले मुख्यमन्त्री पदबाट केही बेरअघि राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेलको राजीनामा स्वीकृत गरिसकेका छन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६९ (१) (क) अनुसार राजीनामा दिएका थिए
संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने एमालेकाे दाबी छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका २ र जनता समाजवादी पार्टी (जसपा)का ४ जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा नेकपा एमालेका ४१ सांसद छन् ।
एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै भएकाले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको हो ।
पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको छ ।
प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको एमालेका एक नेताले बताए ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले दाबीका साथ भने, ‘आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
उक्त प्रस्तावमा छलफलका लागि बोलाइएको विशेष अधिवेशन आजबाटै सुरु हुँदै छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१