शाही ‘भेटिए’, अब बस्ला त संसद बैठक ?

प्रकाश ढकाल
वैशाख १९, २०७८
parle netra subba

पोखरा । सांसद ‘हराएर’ संसद नचलाउन निवेदन बुझाएको विपक्षी पार्टीले संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि प्रस्तावको समर्थक राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले सदन छलेपछि जनमोर्चाकै निवेदनमा बैठक अवरुद्ध भएको थियो । जनमोर्चाले आफ्नो सांसद एकाएक बेपत्ता भएको र खोजिदिन माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएको थियो । सोही निवेदनपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सांसद शाही ‘बेपत्ता’ प्रकरणपछि कसिएको संसदको गाँठो फुकाउने प्रयास भने खासै भएको छैन ।

सांसद भेटिएको औपचारिक जानकारी पाएपछि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउने तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले हराएका सांसद भेटिएको भन्दै बैठकको प्रस्ताव अघि सारेका छन् । जनमोर्चाले हराएका सांसद शाही भेटिएको पत्र सभामुखलाई आइतबार दिने सहमति चारै दलको संयुक्त बैठकपछि भएको छ । ‘सदन आउँछु भन्नुभएको माननीय ज्यू एकाएक हराउनुभयो । हामीलाई डर लागेर सभामुखलाई खोजिदिन पत्र दियौं,’ जनमोर्चाले भनेको छ, ‘अहिले उहाँ अस्पतालमा हुनुहुन्छ । हराएको मान्छे भेटियो । बैठक चलाउँदा हुन्छ ।’

दलकी सचेतक पियारी थापाले आइतबार भेटिएको जानकारी सहितको पत्र सभामुखलाई बुझाउने बताइन् । ‘मोटामोटी सोमबारदेखि बैठक डाक्न हाम्रो सुझाव छ,’ उनले भनिन्, ‘अरु सभामुखले नै समय मिलाएर बैठक बोलाउनु होला । त्यो उहाँको अधिकारको कुरा हो ।’

सभामुख अधिकारी पनि आफूले सांसद भेटिएको औपचारिक जानकारी पाएपछि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउने बताउँछन् । ‘मान्छे हराएको भनेर सदन स्थगित भएपछि त्यसलाई सुरु गर्न सांसद भेटिएको पत्र पनि पाउनुप¥यो नि,’ उनले भने, ‘पत्र पाउने बित्तिकै परामर्श समितिको बैठक बस्छ । त्यहि बैठकले संसदको कार्यसूची तयार गर्ने छ ।’ उनले सबैको सहमतिमा आगामी बैठकको कार्ययोजना बनाउने बताए ।

सत्तापक्ष भने सभामुखले कुनै सल्लाह नगरेको बताउँछ । ‘हाम्रो तर्फबाट केही भनाइ छैन । हामीले गरेको होइन । सदन स्थगित हामीले गरेको होइन, सल्लाह र सहमति पनि छैन । उहाँ नै जवाफदेही हुनुपर्छ,’ एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘बैठक बोलाउनुभयो भने के गर्ने भनेर तयारी पछि गर्छौं । स्थगित गरेको दिन देखि उहाँले हामीसँग संवाद गर्नुभएको छैन ।’ सभामुखले पार्टीगत धारणाबाट सदन स्थगित गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । ‘त्यो साझा पद हो । उहाँले आफ्नो मर्यादाभन्दा बाहिर गएर व्यवहार देखाउनुभयो,’ उनले भने, ‘यसले गलत नजिर स्थापित भएको छ । सांसद नआउँदैमा स्थगित गरेर कति दिन सम्भव हुन्छ ?’ उनले आफ्ना सांसदलाई अनुपस्थित गराएर निवेदन दिँदै बैठक स्थगित गराउँदै जाने सार्वजनिक वक्तव्य नै दिएका छन् ।

राजनीतिक पार्टीहरु आफ्नै पक्षमा बहुमत पु¥याउन जोडबल गरिरहेका छन् । ‘अब जे हुन्छ, संसदमै फेस गर्ने भनेका छौं । अविश्वास पास–फेल उतै हुन्छ,’ कांग्रेसका एक सांसद भन्छन्, ‘जनमोर्चाले पार्टीको निर्णय तलमाथि हुँदैन भनेको छ । अरु त एकै ठाउँ छौं ।’ जनमोर्चालाई अविश्वास प्रस्तावमा मतदान गर्ने दबाबका लागि केन्द्रीय नेताहरु नै पोखरा आएका छन् । शाही हराएको घटना छानबिन गर्न केन्द्रीय महासचिव मनोज भट्ट संयोजकत्वमा समिति गठन गरेको छ । भट्टले भने, ‘पहिले प्रस्तावमाथि मतदान हुन्छ । त्यसपछि छानबिन अघि बढ्छ । आन्तरिक रुपमा बुझ्ने काम भइरहेको छ ।’

सत्ता पक्षले सांसद शाहीलाई लुकाएको बाहिरी आरोप छ । शाही अविश्वास प्रस्तावका निर्णायक हुन् । उनी उपस्थित भएर पक्षमा मतदान गर्दा प्रस्ताव पास हुन्छ, विपक्षमा मतदान गर्दा वा अनुपस्थित हुँदा प्रस्ताव फेल हुन्छ । झिनो बहुमतको विश्वासमा वैशाख २ गते ३ दलको लिखित हस्ताक्षर र जनमोर्चाको अलिखित समर्थनमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

‘दबाब र अपहरण होइन’
राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही ‘बेपत्ता’ भएपछि खुलेर कुरा नगरेका उक्त दलका नेता कृष्ण थापाले शनिबार उनका बारेमा बोलेका छन् । पोखराको चरक हस्पिटल र त्यसमा भर्ना भएका सांसद शाहीको फोटो राखेर उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘माननीय खीमविक्रम शाहीको स्वास्थ कोभिड १९ सम्बन्धी जानकारी । पूर्ण स्वास्थ्य लाभको कामना । ( दबाब र अपहरण नभएको ) ।’

वैशाख १५ गते गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने तय भएकै दिन सांसद शाही ‘बेपत्ता’ भएको भन्दै सोही दलकी सचेतक पियारी थापाले संसदमा निवेदन दिएकी थिइन् ।
त्यही निवेदनकै आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गरेका थिए । विपक्षी दलको इशारामा सभामुखले बैठक स्थगित गरेको भन्दै मुख्यमन्त्रीसहित सत्तारुढ दलका सांसदको आरोप छ ।

वैशाख १४ गते संसद सचिवालय परिसरमा स्वाब दिएका सांसद शाहीले सोही दिन अर्को स्वाद दिएको खबर सार्वजनिक भएको थियो ।

वैशाख १५ गते बिहान सरकारी ल्याबको रिपोर्टमा कोरोना नेगेटिभ थियो । तर केहीबेरपछि निजी ल्याबबाट आएको रिपोर्टमा कोरोन पोजेटिभ देखिएको थियो ।

उनी पोखराकै चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width