स्याङ्जाका ३ नगरमा निषेधाज्ञा

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
syangja

स्याङ्जा : कोरोना संक्रमित बढेपछि वालिङ, गल्याङ र चापाकोट नगरपालिकामा शनिवार रातिदेखि निषेधाज्ञा गरिएको छ ।

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढेको जनाउँदै चापाकोट नगरप्रमुख शिवकुमार गिरी, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र गल्याङ नगरप्रमुख भूपराज अधिकारीले अर्को सूचना जारी नभएसम्म शनिबार राति १२ बजेदेखि सो आदेश जारी गरेका हुन् ।

जसअनुसार अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्दै नगरवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आदेश जारी गरिएको छ ।

पालिकाका माग बमोजिम स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम राख्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

प्रजिअ नेपालका अनुसार पहाडी जिल्लामा २ सय संक्रमित पुगे निषेधाज्ञा गर्न सक्ने अनुमति दिएकाले केही दिनमै सिद्धार्थ राजमार्ग बन्द तयारी भइरहेको छ ।

शनिबार साँझसम्म स्याङ्जामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width