कोरोना छेक्न म्याग्दीमा होल्डिङ सेन्टर

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
holding center

म्याग्दी । जिल्ला सदरमुकाम बेनीस्थित कालिपुलमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
कोरोना रोकथाम गर्न, विदेश र बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय तथा स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष कालिपुलस्थित पर्यटक सूचना केन्द्रको भवनमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । उनका अनुसार होल्डिङ सेन्टरमा विदेश तथा अन्य जिल्लाबाट आउने नागरिकको विस्तृत विवरण सहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधिसँग समन्वय गरी घर पठाउने व्यवस्था मिलाइएको छ । होल्डिङ सेन्टरमा जिल्लाका ६ वटै स्थानीय तहका कर्मचारी खटाइएको छ ।

कालिपुलस्थित चेकपोस्टबाट भित्रिने सवारीसाधनका यात्रुलाई सिधैँ होल्डिङ सेन्टरमा उतारिने प्रनाउ राईले बताए । चेकपोस्टदेखि होल्डिङ सेन्टरसम्म सवारीसाधन र यात्रु ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् । जिल्लामा कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा हालसम्म २ सय ७० जनामा संक्रमण देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width