प्रधानमन्त्री भेटेर पोखरा फर्के मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरा फर्किएका छन् । प्रदेशमा सत्ता गिराउन र टिकाउन रस्साकस्सी भइरहेका बेला मुख्यमन्त्री एक्कासी काठमाडौं जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार दिउँसो काठमाडौं गएका उनी शनिबारै फर्केका हुन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले अहिलेको भेट आफ्नै पार्टी संगठनका विषयमा केन्द्रित रहेको बताए ।
गण्डकीमा सिर्जित पछिल्लो घटनाक्रमका बारेमा समेत मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

अहिले वैशाख १५ गते यता गण्डकी प्रदेश सभाको विषेश अधिवेशन चल्न सकेको छैन । जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको भन्दै सोही दलकी सचेतक पियारी थापाले दिएको निवेदनपछि रोकिएको संसद बैठक चलाउन कहिँ कतैबाट पहल भएको छैन ।

सत्ता जोगाउन र प्रतिपक्षीलाई थोरै भए पनि झड्का दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ (दीपक मनाङे) लाई मन्त्री बनाए । मनाङेलाई मन्त्री बनाए पनि सरकार जोगाउन स्वभाविक अंक गणित भने पुगेको छैन ।

केन्द्रको सत्ता जोगाउन जनता समाजवादीको एउटा खेमाले आश्वासन दिए पनि बहुमत सदस्य सरकारको विपक्षीमा जाने देखिएपछि त्यसबाट सिर्जना हुने राजनीतिक घटनाक्रममका लागि रणनीति बनाउन उनी काठमाडौं गएका हुन सक्ने अनुमान थियो ।

यता अवरुद्ध संसद बैठक सुरु गर्न कुनै पनि पक्षले पहल गरेकै छैन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद बैठक अब चल्न नसक्ने बताउँछन् । ‘आफ्नो सांसद सदनमा आएको छ कि छैन भनेर खोज्ने काम संसदीय दलको हो । सभामुखको होइन,’ उनले भने, ‘सभामुखले जे नजिर स्थापित गर्नुभएको छ, यसले पक्षपातपूर्ण व्यवहार देखायो । पार्टीको कार्यकर्ता भएर काम गर्नुभयो । प्रदेशसभा अब सञ्चालन हुन सक्दैन ।’

सभामुखले अस्थिरताको नजिर स्थापित गरेको उनको तर्क छ । ‘बिनाकारण, बिना औचित्य, बिना सन्दर्भ सरकारसँग साजिस रच्नुभयो । कसैसँग छलफल नगरीकन सूचना जारी गरेर हिड्नुहुन्छ भने म हरेक दिन सदन अवरुद्ध गर्छु,’ गुरुङले थपे, ‘सांसदलाइ नआइज भन्छु, हरायो भनेर निवेदन हाल्छु । अनि बैठक चल्छ ? उहाँले अस्थिरताको नजिर देखाउनुभयो ।’ आफूलाई सत्ताबाट हटाउनुपर्ने कुनै कारण नरहेको उनले दोहोर्‍याए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । राम मन्दिर अखण्ड कीर्तन उपसमिति पोखरा–१७, बिरौटाको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहको पोखरा–१७ का…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…

hero news full width