मास्क नलगाई हिँड्ने ३३ हजार ७१५ जनालाई कारबाही

रासस
वैशाख १८, २०७८
mask

काठमाडौ । नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।

नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ । सोही अवधिमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएरसमेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममार्फत ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width