सांसद शाहीबारे बल्ल बोले जनमोर्चाका कृष्ण थापा : दबाब र अपहरण होइन

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
krishna thapa

कृष्ण थापा

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही ‘बेपत्ता’ भएपछि खुलेर कुरा नगरेका उक्त दलका नेता कृष्ण थापाले शनिबार उनको बारेमा बोलेका छन् ।

पोखराको चरक हस्पिटल र त्यसमा भर्ना भएका सांसद शाहीको फोटो राखेर उनले शनिबार फेसबुक स्टाटसमा लेखेका छन्, ‘माननीय खीमविक्रम शाहीको स्वास्थ कोभिड १९ सम्बन्धी जानकारी । पूर्ण स्वास्थ्य लाभको कामना । ( दबाब र अपहरण नभएको ) ।’

वैशाख १५ गते गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने तय भएकै दिन सांसद शाही ‘बेपत्ता’ भएको भन्दै सोही दलकी सचेतक पियारी थापाले संसदमा निवेदन दिएकी थिइन् ।

त्यही निवेदनकै आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गरेका थिए । विपक्षी दलको इशारामा सभामुखले वैठक स्थगित गरेको भन्दै मुख्यमन्त्रीसहित सत्तारुढ दलका सांसदको आरोप छ ।
वैशाख १४ गते संसद सचिवालय परिसरमा स्वाब दिएका सांसद शाहीले सोही दिन अर्को स्वाद दिएको खबर सार्वजनिक भएको थियो ।

वैशाख १५ गते बिहान सरकारी ल्याबको रिपोर्टमा कोरोना नेगेटिभ थियो । तर केहीबेरपछि निजी ल्याबबाट आएको रिपोर्टमा कोरोन पोजेटिभ देखिएको थियो ।

उनी पोखराकै चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width