पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षणमा ५ हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको हो।
यीमध्ये ५ हजार ७०६ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२८७ रहेको छ।
पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार २९८ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४०१ जना आइसियू र ११० जना भेन्टिलेटरमा उपचाररत छन्।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ। यीमध्ये २ लाख ८२ हजार ३८२ संक्रमणमुक्त भएका छन्।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१