फाइल फोटो ।
नवलपरासी । पश्चिम नवलपरासीमा २४ घण्टाको भित्र ५ जना कोरोना संक्रमितको निधन भएको छ ।
शुक्रबार बिहानदेखि शनिबार बिहानसम्ममा ५ जनाको निधन भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २÷२ जना र सरावल गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए । उनीहरुमध्ये सुनवल नगरपालिका–६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका–७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी रामग्राम नगरपालिकाका–६ का ४२ वर्षीय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
शनिबार बिहान मात्र २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला हुन् । उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।
त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका–२ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।
वैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र ७ जना छन् । हालसम्म जिल्लामा पहिलो र दोस्रो चरणको लहरमा गरी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१