नेपाल सुपर लिगमा काठमाडौं रेन्जर्स र पोखरा थन्डर्सको गोलरहित बराबरी

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
super league

पोखरा ।  नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामु यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुकेका छन् ।

प्रतियोगिताको यो पहिलो गोलरहित बराबरी हो । दशरथ रंगशालामा भएको पहिलो खेल वर्षाले प्रभावित रह्यो । त्यसमा पोखराले काठमाडौंमाथि लगातार दबाब सिर्जना गरेको थियो । तर त्यो कुनै पनि निर्णायक सावित हुन सकेन् ।

दोस्रो हाफपछि भने काठमाडौंले खेलमा फर्कने प्रयास गरे पनि त्यो सटिक रहेन । प्रतियोगितामा अहिलेसम्म भएका खेलमध्ये प्राविधिक रूपमा कमजोर रह्यो । यसैक्रममा काठमाडौंका मेसुकी ओलुमो ८१ औं मिनेटमा गोलको राम्रो अवसरमा चुके ।

विपक्षी टिमका गोलरक्षक दीप कार्कीलाई बिट गरेर पनि गोल गर्न असफल रहे । यो खेलपछि दुवै टिमको समान चार अंक भएको छ । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रह्यो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width