धौलागिरिमा दुर्घटनामा परेको एयर डायनेष्टिको हेलिकप्टर र २ शव १५ वर्षपछि भेटियो  

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
airdynasty

पोखरा । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ।

नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर फेला पारेको हो।

सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

हेलिकप्टरभन्दा केही समय टाढा शव फेला परेको र ती शवको पहिचान नभएको पौडेलले बताए।

‘ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन भन्ने पनि खुलेको छैन, बेस क्याम्पदेखि दुई सय मिटर दक्षिण शव फैला परेका छन्,’ पौडेलले भने, ‘एयर डायनेष्टीको हो भन्ने पुष्टि भइसक्यो, यसबारे विस्तृत जानकारी आउन बाँकी छ।’

हेलिकप्टरको अवशेष भने बेस क्याम्पबाट एक किलोमिटर टाढा रहेको पौडेलले बताए।

सेनासहित स्थानीय निकाय, संघसंस्था तथा स्थानीयको समन्वयमा सगरमाथासहित ६ वटा हिमाल सफाइ भइरहेको पौडेलले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width