सांसद शाहीको दोस्रो स्वाब परीक्षण गर्ने ल्याब सञ्चालकको प्रस्टीकरण : पेसागत मर्यादामा जिम्मेबार छौं

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
amar

पोखरा । गण्डकीका प्रदेश सभा सदस्य खीमविक्रम शाहीको दोस्रो पटको स्वाब परीक्षण गरेको लाइफ केयर डाइग्नोस्टिक सेन्टरका सञ्चालक डा. अमर नागिलाले स्वाबको रिपोर्टप्रति सामाजिक सञ्जाल र मिडियामा आएका क्रिया प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार बिज्ञप्ति निकालेर उनले निज शाहीको स्वाबको नमुना अहिले पनि ल्याबमा सुरक्षित रहेको भन्दै आवश्यक परेमा छानबिनका लागि सम्बन्धित पक्षलाई सघाउन तयार रहेको बताएका छन् ।

आफूहरु पेसागत मर्यादामा प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरका छन् ।

साथै राजनीतिक जोडघटाउसँग आफूहरुको कुनै आाइनो साइनो नरहेको भन्दै उनले गरिएका आशंका तथा अनर्गल प्रचारको भ्रममा नगर्न पनि आग्रह गरेका छन् ।

शाहीले वैशाख १४ गते दिउँसो प्रदेश सभा सचिवालयमा स्वाब दिएका थिए । तर उति नै बेला दिएको भन्दै भोलिपल्ट लाइफकेयरको रिपोर्ट आएको थियो । १५ गते बिहान सरकारी ल्याबको नतिजामा नेगेटिभ आएको उनको रिपोर्ट केहीबेरपछि पनि पोजेटिभ आएको भन्दै सार्वजनिक भएको थियो ।

१५ गते नै फेरि चरक अस्पतालबाट उनको स्वाब सरकारी ल्याबमा पठाइएका थियो । त्यसमा भने रिपोर्ट पोजेटिभ आएको थियो ।

लाइफ केयरमा गरेको परीक्षणमा सिटी भ्यालु १६ थियो । तर उनै शाहीको बेलुका सरकारी प्रयोगशालामा गरिएको परीक्षणमा भने सिटी भ्यालु ३० देखाइएको छ ।

स्वास्थ्य क्षेत्रका जानकारका अनुसार एकै दिनमा सिटी भ्यालु बढेर ३० पुग्न सम्भव नै छैन । त्यस कारण उनको रिपोर्टमाथि शंका गरिएको छ । प्रदेश प्रयोगशालाका कर्मचारीले स्वाब नै अर्को व्यक्तिको ल्याएर दिन हुनसक्ने बताएका छन् । ती कर्मचारीले भने, ‘हामीलाई नाम थाहा हुँदैन, संकेत नम्बरका आधारमा स्याम्पल घानमा हाल्ने हो, को कस्तो व्यक्ति भन्ने थाहा हुने कुरै भएन ।’

अर्को अचम्मको कुरा त के छ भने प्रदेश प्रयोगशालाका कर्मचारीले मंगलबार प्रदेश सभा सचिवालयमा लिएको स्वाब बुधबार बेलुका र बिहीबार बिहान पनि परीक्षणमा हालेका थिए । त्यसमा उनको रिपोर्ट नेगेटिभ नै आएको छ ।

यी सबै घटनाक्रममले सत्ता जोगाउनकै लागि शाहीलाई प्रयोग गरिएको र प्रयोगशालादेखि चरक अस्पतालसम्म सेटिङ मिलाइएको पुष्टि भएको बताउँछन् गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल ।

Related News

सम्बन्धित समाचार

hero news full width