प्रदेश सभा प्रकरण: स्वतन्त्र एवं निश्पक्ष छानबिन गर्न नागरिक समाजको माग

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
gandaki parle

पोखरा । गण्डकी प्रदेश सभामा उत्पन्न गतिरोध अन्त्यका लागि नागरिक समाज पोखराले माग गरेको छ । समाजले शुक्रबार विज्ञप्ति निकालेर प्रदेश अधिवेशनका क्रममा देखा परेका परिदृश्यप्रति गम्भीर ध्यायाकर्षण भएको भन्दै स्वतन्त्र एवं निश्पक्ष छानबिनसहित गतिरोध अन्त्यको माग गरेको हो ।

सरकार फेरबदलको विषयको टुंगो संसदले नै लगाउनुपर्ने भएकाले विशेष अधिवेशनलाई प्रक्रिया बमोजिम अघि बडाइ विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्न पनि नागरिक समाजले अपिल गरेको छ ।

यस्ता अशोभनीय क्रियाकलाप सदाका लागि अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं नमुना प्रदेशका रुपमा परिपाटी बसाल्न प्रदेश सभाका सम्पूर्ण माननीयमा नागरिक समाज पोखराले आग्रह गरेको छ ।

विज्ञप्तिमा नागरिक समाज पोखराका अध्यक्ष इन्द्रकमल मानन्धर, संस्थापक अध्यक्ष रामबहादुर पौडेल, प्रवक्ता गोकुलबहादुर कार्की, संस्थापक शशि तुलाचन, पूर्व संयोजक विष्णुहरि अधिकारी, सल्लाहका वरिष्ठ अधिवक्ता तीलक पराजुली र संस्थापक पावित्रा जिसीले हस्ताक्षर गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width