दमौलीमा ४ घन्टामात्रै बैंक खुल्ने

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
Build bank

दमौली । तनहुँ सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दैनिक ४ घन्टामात्र खुल्ने भएका छन् । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बैंक तथा वित्तयि संस्थाका प्रतिनिधिको बैठकले सो निर्णय गरेको हो । कोरोनाको प्रकोप बढ्दै गएपछि जोखिम कम गर्न व्यास नगरपालिकाले दमौलीका बैंक तथा वित्तीय संस्था बिहान १० बजे देखि २ बजे सम्ममात्रै खुला राख्न पाउने निर्णय गरेको हो ।

सदरमुकाम र बढी भीडभाड हुने बजारी क्षेत्र दमौलीमा कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मापदण्डको पालना गरी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक तथा वित्तीय संस्था खुल्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

कोभिड १९ को संक्रमणको संवेदनशीलतालाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडभाड नगर्न साथै यथाशक्य डिजिटल बैंकिङ प्रणालीको अधिकतम उपयोग गर्न सर्वसाधरणलाई नगरपालिकाले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width