उधारोमा कोभिड अस्पताल

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
Hospital

नवलपुर । पूर्वी नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालय अर्थात् अस्थायी कोभिड अस्पताल प्रशासनले ४ करोड भुक्तानी नपाएको जनाएको छ । कोभिड १९ पहिलो चरणका संक्रमितलाई उपचार गर्दा खुवाएको खाना खर्चबापतको रकम नपाएको हो ।

अस्पतालले ४ करोड ८५ लाख पाउनुपर्नेमा गण्डकी प्रदेश सरकारबाट देवचुली नगरपालिकामार्फत जम्मा २६ लाखमात्र भुक्तान दिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । सरकारी गाइडलाइन अनुसार प्रतिबिरामी १ दिनको ३५ सय खर्च दिने भन्ने प्रावधान थियो ।

रहजरको प्राकृतिक चिकित्सालयले बिरामी र कुरुवासहित गरी ७ सय ८९ जनालाई सेवा दिएको थियो । ४ करोड ८५ लाख पाउनुपर्नेमा २६ लाखमात्र निकासी आएको र ४ करोड ५९ लाख भने भुक्तानी नभएको सापकोटाले बताए ।

नवलपुरको सीमा जोडिएको जिल्ला चितवन र नजिकैको अर्को जिल्ला रुपन्देहीमा निषेधाज्ञा जारी भइसकेको अवस्थामा नवलपुरमा पनि संक्रमण बढ्ने सम्भावनालाई मध्यनजर गर्दै रजहरको प्राकृतिक अस्पताललाई फेरि आइसोलसन कक्षका रुपमा प्रयोग गर्ने सम्भावनाबीच छलफलसमेत अघि बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width