पोखरा । गण्डकी प्रदेश सभाका सांसद खीमविक्रम शाही अहिले चर्चाका शिखरमा छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको कारवाही अगाडि नबढाउन उनी नै मुख्य कारक बने । कारण देखाइएको छ, पिसिआर रिपोर्ट ।
मंगलबार साँझ प्रदेश सभा सचिवालय परिसरमा लिएको स्वाब प्रदेशकै प्रयोगशालमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । तर त्यति नै बेला लिइएको स्वाब लाइफ केयर डाइग्नोस्टिकमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
लाइफ केयरमा गरेको परीक्षणमा सिटी भ्यालु १६ थियो । तर उनै शाहीको बेलुका सरकारी प्रयोगशालामा गरिएको परीक्षणमा भने सिटी भ्यालु ३० देखाइएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारका अनुसार एकै दिनमा सिटी भ्यालु बढेर ३० पुग्न सम्भव नै छैन । त्यस कारण पनि यो रिपोर्टमाथि नै शंका गरिएको छ । प्रदेश प्रयोगशालाका कर्मचारीले स्वाब नै अर्को व्यक्तिको ल्याएर दिन हुनसक्ने बताएका छन् । ती कर्मचारीले भने, ‘हामीलाई नाम थाहा हुँदैन, संकेत नम्बरका आधारमा स्याम्पल घानमा हाल्ने हो, को कस्तो व्यक्ति भन्ने थाहा हुने कुरै भएन ।’
अर्को अचम्मको कुरा त के छ भने प्रदेश प्रयोगशालाका कर्मचारीले मंगलबार प्रदेश सभा सचिवालयमा लिएको स्वाब बुधबार बेलुका र बिहीबार बिहान पनि परीक्षणम हालेका थिए । त्यसमा उनको रिपोर्ट नेगेटिभ नै आएको छ ।
यी सबै घटनाक्रममले सत्ता जोगानकै लागि शाहीलाई प्रयोग गरिएको र प्रयोगशालादेखि चरक अस्पतालसम्म सेटिङ मिलाइएको पुष्टि भएको बताउँछन् गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल ।
आफ्नै पार्टीका नेता कार्यकर्तालाई समेत भेट्न नदिएर बन्दी अवस्थामा अस्पतालमा राखिनु पनि सरकारी सेटिङ भनेर पुष्टि गर्न सकिने आधार रहेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति
वैशाख ३, २०८१