दीपक मनाङे मन्त्री हुँदै, आजै शपथको तयारी

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
dipak

पोखरा ।गण्डकी प्रदेश सरकारले मन्त्री मण्डल विस्तार गर्ने भएको छ ।  मन्त्री थपेर मन्त्री मण्डल विस्तार गर्न लागिएको हो । श्रोतका अनुसार स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री हुँदै छन् । उनलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको छ । अहिले यो मन्त्रालय सामाजिक विकास मन्त्रालय मातहत छ । सरकारले योसँगै मन्त्रालय समेत फुटाउने भएको छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि कृषि र आन्तरिक मामिला मन्त्रालय खाली छ । उनको आजै साँझ सवा ४ बजे शपथ हुँदैछ । मन्त्रीमण्डल विस्तारको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width