कांग्रेसले भन्यो : गण्डकीमा सत्ता संरक्षित गुण्डागर्दी

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
Bishwa-Prakash-Sharma-1

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद हराएको घटनालाई ‘सत्ता संरक्षित गुण्डागर्दी’ भनेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा सरकार संरक्षित गुण्डागर्दी भएको आरोप ट्विटमार्फत् लगाएका हुन् ।

अविश्वासको प्रस्ताव माथि मतदान हुने दिन जनमोर्चा सांसद सम्पर्कविहीन भएका थिए । प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले जनमोर्चा सांसद खिमबिक्रम शाहीको कोरोनाको रिपोर्ट हेर्न समेत आग्रह गरेका छन् ।

‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ?’ शर्माले प्रश्न गरेका छन्, ‘उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?

शाही सम्पर्कविहिन भएपछि प्रदेश सभा अनिश्चितकालका लागि रोकिएको छ । विपक्षी दलले दर्ता गरेको अविश्वासको प्रस्तावमा बुधबार मतदान हुने कार्यसूची थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width