चरक अस्पतालमा उपचाररत सांसद शाही
पोखरा । पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाही बिरामी प्रकरणबारे छानबिन गर्न छानबिन समिति बनाएको छ ।
जनमोर्चाका महासचिव मनोज भट्टको संयोजकत्वमा समिति बनाइएको पार्टीका १ नेताले बताए । समितिले दिएको प्रतिवेदनका आधारमा सांसद शाहीमाथि कस्तो कारवाही प्रक्रिया अगाडि बढाउने भन्ने निक्र्योल हुने ती नेताले बताएका छन् ।
यसअघि बिहीबार बिहान जनमोर्चाले विज्ञप्ति निकालेर सांसद शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको थियो ।
अस्पतालमा शाहीलाई भेट्न नदिएको भन्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकोमा पुनः कसरी पोजेटिभ आयो भन्दै प्रश्न गरेको छ ।
जनमोर्चाले बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेको मुख्यमन्त्रीलाई समर्थन गर्ने नीति नभएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ ।
सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ आएको रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो रु यो कुरा बुझ्न हामी असमर्थ छौं’ जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालमा शाहीलाई कसैसँग भेट गर्न नदिएको र बन्दीको रुपमा राखिएको आरोप जनमोर्चाले लगाएको छ ।
यसैबीच सांसद शाहीलाई जनमोर्चा प्रदेश अध्यक्ष शंकर बरालले बिहीबार भेटेका छन् । हेर्दा सांसद शाहीको अवस्था सामान्य रहेको पाइएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१