चरक अस्पतालमा उपचाररत सांसद शाही
पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ ।
अस्पतालमा शाहीलाई भेट्न नदिएको भन्दै जनमोर्चाले राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएकोमा पुनः कसरी पोजेटिभ आयो भन्दै प्रश्न गरेको छ ।
जनमोर्चाले बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेको मुख्यमन्त्रीलाई समर्थन गर्ने नीति नभएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ आएको रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ?
यो कुरा बुझ्न हामी असमर्थ छौं’ जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालमा शाहीलाई कसैसँग भेट गर्न नदिएको र बन्दीको रुपमा राखिएको आरोप जनमोर्चाले लगाएको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१