म्याग्दीमा आंशिक ‘लकडाउन’

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
myagdima tatopani kunda banda

म्याग्दी  । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै म्याग्दीमा आंशिक लकडाउन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले शैक्षिक संस्था बन्ददेखि तातोपानी कुण्ड स्नान र मन्दिरमा पूजा गर्न समेत रोक लगाएको छ ।

प्रजिअको आदेश अनुसार जिल्लाका सबै तातोपानी कुण्ड बन्द हुने भएका छन् भने मन्दिरमा पनि पूजापाठ गर्न रोक लगाइएको छ ।

नेपालकै प्रमुख गलेश्वरधाम मन्दिर लगायतका धार्मिकस्थल, बेनी नगरपालिकाको सिंगास्थित तातोपानी, अन्नपूर्ण गाउँपालिकाका रुङतातोपानी, पाउद्धार तातोपानी कुण्ड, रातोपानी तातोपानी कुण्ड, शेकार्कु तातोपानी कुण्ड लगायत योग केन्द्र कवर्ड हल बन्द गर्ने निर्णय छ ।

जिल्लामा संक्रमित बढ्दै गएका कारण भीडभाड हुने स्थल तत्काल बन्द गर्ने आदेश जारी गरिएको प्रजिअ अधिकारीले बताए । कोरोना जोखिम न्यूनीकरण गर्न प्रशासनले मेला, महोत्सव, सभा, समारोह लगायतका कार्यक्रम गर्न रोक लगाएको छ ।

शिक्षण संस्था बैशाख १५ देखि २८ सम्म बन्द हुने छन् । यस्तै, २५ भन्दा बढी जन्ती र मलामी सामेल हुन पाउने छैनन् ।

अत्यावश्यक काममा घरबाहिर निस्कँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रजिअ अधिकारीले आग्रह गरे । अन्य जिल्लासँग जोडिएका सिमा नाकामा कडाइ गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width