घर्ती दम्पत्तीको स्मारक अनावरण

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
GT

स्याङ्जा । समाजसेवी बोधबहादुर र पूर्णशिला घर्तीको स्मृति स्मारक अनावरणसहित स्मृति संग्रह विमोचन गरिएको छ । दिवंगत बाबा आमा बोधबहादुर र पूर्णशिला घर्तीको स्मरण गर्दै उनका छोराछोरीद्वारा स्थापित स्मृति स्मारक अनावरणसहित स्मृति संग्रह विमोचन गरिएको हो ।

पुतलीबजार नगरपालिका १० घडेरीमा स्थापित स्मृति स्मारक जेठी छोरी माया घर्ती र जेठी बुहारी खगीसरा घर्तीले अनावरण गरेका हुन् ।

यसैगरी संघर्षका प्रतिमूर्ति बोधबहादुर घर्ती स्मृति ग्रन्थ स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, वडाध्यक्ष दुर्गाबहादुर शाह र साइला छोरा श्रीप्रसाद घर्तीलगायतले विमोचन गरेका छन् ।

ग्रन्थ विमोचनपछि अध्यक्ष अधिकारीले संसारमा आफ्ना बाबा आमाभन्दा ठूलो कोही पनि नहुने बताउँदै बाँचुञ्जेल बाबा आमाको सेवा र मृत्युपछि उनीहरुका योगदान स्मरण गर्नु सबैभन्दा महान् कार्य भएको बताए । इतिहासको मूल्यांकन गर्दै आउँदा पुस्ताले यस महान् कार्यलाई निरन्तरता दिन अध्यक्ष अधिकारीले सुझाए ।

कार्यक्रममा वडाध्यक्ष दुर्गाबहादुर शाह, पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नागेश्वरधाम धार्मिक एवं पर्यटकीय क्षेत्र विकास समिति अध्यक्ष अनन्तनारायण अर्याल, इन्जिनियर नारायण खवास, समाजसेवी दिनेश अर्याल, हरिप्रसाद पराजुली, पण्डित श्यामप्रसाद रेग्मी, धनबहादुर खवास लगायतले घर्ती परिवारको सामाजिक जीवनको संघर्ष र योगदानको चर्चा गर्दै सुयोग्य बाबा आमाको योग्य सन्तानले इतिहास रच्ने काम गरेको उल्लेख गरे ।

माइला छोरा मुक्तिप्रसाद घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमल घर्तीले गरेका थिए ।

विसं. १९६० मंसिर १५ गते आमा बाटुली र बाबा चामबहादुर घर्तीको जेठा सन्तान बोधबहादुर घर्तीको ७५ वर्षको उमेरमा २०३५ सालमा निधन भएको थियो । घर्तीका ३ श्रीमती ५ छोरा,४ छोरी र दर्जनौं नाति नातिनी छन् । पूर्णशिला माहिली श्रीमती हुन् । उनको पनि ९९ वर्षको उमेरमा करिब ६ वर्षअघि निधन भइसकेको छ । जेठा छोरा मोतिप्रसाद घर्ती र कान्छा छोरा चन्द्र घर्तीको पनि निधन भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

    • निषेधाज्ञापछि सुनसान स्याङ्जा

      भवानी अधिकारी भवानी अधिकारी वैशाख २४, २०७८
      स्याङ्जा  । निषेधाज्ञाको तेस्रो दिन बिहीबार पनि स्याङ्जा सुनसान बनेको छ । कोरोनाको संक्रमण बढ्दै गएको जनाउँदै प्रशासन कार्यालयले मंगलबारदेखि…
    • महामारीमा पालिकाको बेवास्ता

      सविन लामिछाने सविन लामिछाने वैशाख २४, २०७८
      दमौली । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढ्दा समेत आवश्यक पूर्व तयारीमा बेवास्ता गरिएको छ ।…
    • मनाङेको मन्त्रालयलाई अल्पकालीन बजेट

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख २४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालय भन्दा बढि हिट भए…
    • चौरासी पूजापछि गाउँमा कोरोना

      Avatar तोलाकान्त बगाले वैशाख २४, २०७८
      वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत…
    • राम्दीघाटमा २५ भन्दा बढी मलामी निषेध

      भवानी अधिकारी भवानी अधिकारी वैशाख २३, २०७८
      स्याङ्जा । पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल राम्दीमा २५ जनाभन्दा बढी मलामी जान रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग