नर्स सरस्वतीको ‘छाता ओढेर’ बजारमा

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
chhata odhera 1

पोखरा । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । युट्युबमार्फत बुधबार भिडियोसहितको गीत सार्वजनिक गरिएको हो ।

केही फरक प्रस्तुति र स्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वती दाबी गर्छिन् । यो गीत स्रोताले रुचाएमा छिट्टै समयसापेक्ष गीत लिएर आउने उनले बताएकी छन् । उनी पोखरामा नर्सिङ पेसामा आबद्ध छिन् । गायन क्षेत्रमा नवोदित भए पनि सामाजिक अभियन्ताको रुपमा पोखरामा समाज सेवामा लागिरहेकी छिन् । त्यस्तै अर्का गायक उज्ज्वल भने नेपालको लोकसंगीत क्षेत्रमा परिचित नाम हो ।

गीतको शब्द उज्ज्वलकै रहेको छ भने यसमा लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन् । यसको सम्पादन विष्णु शर्माले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन प्रकाश भट्टको रहेको छ ।

समूह गायनमा शर्मिला अर्याल, संगीता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबि रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनीष खड्का र नेपाली चार्लीको अभिनय छ ।

Related News

सम्बन्धित समाचार

hero news full width