मुक्तिनाथ बैंकको आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
Muktinath donated for Damauli DrinkinG pROJECT

पोखरा । मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिका विभिन्न वडाका नगरवासीलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

बैंकले जनजीवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानीटंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउने उद्देश्यले व्यास–४, जुडिपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ ।

यसैगरी डिजिटल कारोबार प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य बैंकको शाखामा उपस्थित नभई घरैबाट समेत गर्न सकिने व्यवस्था रहेको प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width