प्रगतिनगर बजार व्यवस्थापन समितिको आफ्नै भवन

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
pragatinagar 2

नवलपुर । देवचुली नगरपालिका प्रगतिनगरस्थित प्रगतिनगर बजार व्यवस्थापन समितिले आफ्नै भवन निर्माण सुरु गरेको छ ।

प्रगतिनगरमा एकतले कार्यालय भवन निर्माण सुरु गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष शिवलाल गैरेले बताए ।

भवन निर्माणको काम ८० प्रतिशत सकिएको र असार मसान्तसम्म सम्पूर्ण काम सकिने योजना रहेको गैरेले जनाकारी दिए ।

भवन निर्माणका लागि देवचुली नगरपालिकाले ८ लाख र देवचुली १५ वडा कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width