विपन्न परिवारलाई घर हस्तान्तरण

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
ghar hastantaran

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ का अध्यक्ष अमृत श्रेष्ठको पहलमा निर्माण गरिएको २ कोठे घर विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ ।

कावासोती ३ सुकुम्बासी टोल निवासी पूर्णबहादुर विकलाई वडाध्यक्ष श्रेष्ठले २ कोठे घर निर्माण गरी हस्तान्तरण गरेका हुन् । औपचारिक कार्यक्रम गरी कावासोतीका समाजसेवी कोषराज कार्कीमार्फत घर हस्तान्तरण गरिएको हो ।

घर निर्माणका लागि कावासोती ९ निवासी हाल अमेरिका रहेका महेश रेग्मी (टंक) ले ५२ हजार २ सय १२ रुपैयाँ, कोषराज कार्कीले ७ सय थान ब्लक, जिल्ला रेडक्रस सोसाइटी नवलपुरका कोषाध्यक्ष ऋषि कँडेलले घर छाउने टिन सहयोग गरेका थिए ।

अन्य सहयोगीले पनि घर निर्माणका लागि आर्थिक तथा सामग्री सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width