खोप लगाएका स्वास्थ्यकर्मीमा कोरोना

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
dadura-khop

पोखरा । कोरोनाविरुद्ध खोप लगाएका बागलुङका २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा २ स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

२ महिला स्वास्थ्यकर्मीले २ डोज कोरोना खोप लगाए पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,’ घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’

१४ जना पिसिआर र १ जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमित जिल्लामा सक्रिय संक्रमित संख्या ८४ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width