जनमोर्चा संसदीय दलका नेताले भने सांसद शाही बिरामी भएको मलाई थाहा छैन

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
Krishna Thapa

पोखरा । जनमोर्चा नेपालका संसदीय दलका कृष्ण थापाले आफ्ना सांसद खीमविक्राश शाहीको अवस्थाका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

आज दिउँसो संसद बैठक सु्रु हुनुअघि १ बजेर ३७ मिनेट जाँदा आफूले सांसद शाहीलाई फोन गर्दा भोट हाल्ने बेलासम्म आउने बताएको जानकारी दिए ।

अब सांसद शाहीमाथि कसरी कारवाही अगाडि बढाउने भन्ने बारेमा पार्टीले निर्णय गर्ने उनले बताए ।
जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदान गर्ने जनाएको हो । यो सरकार जोगाउन र ढलाउन जनमोर्चा नै निर्णायक हो ।

तर अबेरसम्म पनि शाही संसदमा नआएपछि उनको खोजी भएको थियो । त्यसपछि दलका सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै संसद बैठक स्थगित गर्न सचिवालयमा निवेदन दिएकी थिइन् ।

निवेदनकै आधारमा सचिवालयले आजको बैठक स्थगित भएको जानकारी गराएको हो ।

सांसद र मुखयमन्त्रीले बोलेर सकेपछि आज नै अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यतालिका थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width