जनमोर्चाका सांसद हराएपछि संसद बैठक स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
gandaki parle

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही नआएपछि बैठक स्थगित भएको छ ।

सोही दलकी सांसद पियारी थापाले दिएको निवेदनपछि बैठक स्थगित भएको प्रदेश सभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए ।

सांसद पियारी थापाले संसदको कारवाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन् ।

उनले दर्ता गरेको निवेदनमा शाहीको अवस्था अज्ञात रहेको र निजको जीवनरक्षाका लागि समेत माग गरेकी छन् ।

शाहीका स्वकीय सचिव मीलन हमालका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । के समस्या हो भनेर उनले खुलाएका छैनन् ।

शाही अहिले चरक मेमाेरियल हस्पिटलमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width