फाइल तस्बिर
पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित छन् ।
जनमोर्चाले जता मत हाल्छ आफूले उसै गर्ने बताउँदै आएका मनाङे फोन स्विच अफ गरेर सम्पर्क विहीन भएका हुन् ।
उनले प्रयाेग गर्ने ५ वटै नम्बर अफ छ ।
गण्डकीमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथिको छलफल सक्ने र मतदान गर्ने कार्यसूची छ । जस अनुसार सांसदहरु अहिले बोलिरहेका छन् ।
६० सदस्यीय प्रदेश सभामा अहिले एमालेसँग २७ मत छ । सरकारलाई स्वतन्त्र सांसद मनाङेको पनि अहिलेसम्म समर्थन छ । ३ सांसद भएको जनमोर्चाले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको जनाएको छ ।
कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ ।
जनमोर्चाले मौखिक समर्थन जनाए पनि अविश्वासको प्रस्तावमा भने हस्ताक्षर गरेको छैन ।
प्रस्ताव पारित गर्न ३१ मत चाहिन्छ । अविश्वास प्रस्ताव पारित भए आजै कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन् ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१