प्रदेश सभाकाे बैठक सुरू, मुख्यमन्त्री विरुद्धको प्रश्तावमा आजै मतदान हुने

प्रकाश ढकाल
वैशाख १५, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध संसदमा पेश भएको अविश्वास प्रश्तावमाथि आजै मतदान हुने भएको छ ।

बोल्ने सांसदहरुको संख्या घटाएर आजै बेलुकीसम्म मतदान गर्ने कार्यसूची टाँसिएको छ । त्यसै अनुसार बैठक सुरू भएकाे छ ।

बैठकमा कांग्रेसका १, माओवादीका १ र एमालेका १८ सांसदले बोल्ने तयारी छ । जनमोर्चाका २ र जनता समाजवादीका १ जनाले बोल्न नाम दर्ता गराएका छन् । अन्तिममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकलाई सम्बोधन गर्नेछन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री विरुद्ध बैशाख २ मा अविश्वास प्रश्ताव दर्ता गराएका थिए । त्यसमा छलफल गर्न र मतदानका लागि बैशाख १३ देखि विशेष अधिवेशन जारी छ ।

एमालेले पिसिआर टेष्टको माग गर्दै अवरोध जनाएपछि मंगलबारको बैठक स्थगीत भएको थियो ।

गण्डकीमा एमालेको २७ सांसद छन् ।

अविश्वासको प्रश्तावमा भोट हाल्ने ३ सदस्यीय जनमोर्चाले निर्णय गरेको छ ।

स्वतन्त्र सांसदले पनि जनमोर्चाले मतदान गरेकै पक्षलाई मत हाल्ने जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width