तारकाङकाे ध्रुव माविका २१ जनामा काेरोना, पालिकाका सेवा ठप्प

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
madi gaupalika

पोखरा । कास्कीको मादी गाउँपालिका तारकाङस्थित ध्रुव माविका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि गाउँपालिकाले सूचना नै जारी गरी स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले विज्ञप्ति निकालेर पालिकाका सबै सेवा स्थगित गरिएकाे उल्लेख गरेका छन् ।

वडा सदस्य एवं पालिकाका प्रवक्ता लालबहादुर  गुरुङका अनुसार उक्त स्कुलका  विद्यार्थी र शिक्षक गरी २१ जनामा  मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिला स्कुलका ३  जनामा कोरोना देखिएपछि थप  १ सय जनामा गरिएको पिसिआर परीक्षणमा मंगलबार २१ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width