प्रधानसम्पादक बास्तोला सम्मानित

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
krishna sir ~feciliated

पोखरा । आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला इर्खबहादुर–श्रीप्रभा स्मृति प्रतिष्ठान, पोखराबाट सम्मानित भएका छन् ।

अद्धैत संस्था नेपालद्वारा सञ्चालित राष्ट्रव्यापी बृहत् सत्संग समारोहको समाचार सम्प्रेषण गरी राष्ट्रव्यापी प्रचारप्रसारमा अमूल्य योगदान पुर्‍याएवापत उनलाई सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष क्या. धनप्रसाद गुरुङले मंगलबार सत्संग समारोहबीच सम्मानपत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरी प्रधानसम्पादक बास्तोलालाई सम्मान गरे ।

प्रधानसम्पादक बास्तोला अद्धैत संस्थाबाट यसअघि २०७१ सालमा ‘मानार्थ सरस्वती’ पदवीद्वारा विभूषित भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width