घरमा आगो लगाएको आरोपमा जीवन पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
aagalaagi

स्याङ्जा । हरिनास गाउँपालिका ५ का जीवन आले कान्छी आमाको घरमा आगो लगाएको आरोपमा पक्राउ परेका छन् ।

३६ वर्षीय आलेमाथि आफ्नी कान्छी आमा ५५ वर्षीया उमा आलेको खरले छाएको घरमा आगो लगाएको आरोप छ ।
आगलागीमा घरसँगगै खरले छाएको धन्सार पनि जलेको छ ।

धन्सारमा थुनिएका ३ वटा बाख्रा, एउटा बंगुर र १० वटा कुखुरा जलेर मरेका छन् भने १ भैंसी र बाख्रा घाइते भएको प्रहरीले जनाएको छ ।

आरोपित आलेलाई नियन्त्रणमा लिई उपद्रवसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads