फाइल तस्बिर
पोखरा । स्वतन्त्र चुनाव जितेर नेकपामा प्रवेश गरे पनि सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई स्वतन्त्र सांसदको हैसियत दिन संसद सचिवालयमा निवेदन दिए । सोमबारको उनको निवेदन पछि मंगलबारदेखि नै उनलाई स्वतन्त्र सांसदको छुट्टै कुर्ची र टेबुल उपलब्ध गराइएको छ ।
सपथ खाएको केही समयसम्म उनलाई स्वतन्त्रकै टेबुल कुर्ची थियो । नेकपा छिरेपछि उनी नेकपाकै सांसदहरुसँग हार लागेर बस्थे । सर्वोच्चको फैसला पछि नेकपा सिंगो पार्टी छैन । एमाले र माओवादी छुट्टाछुट्टै बन्दा नेकपा छिरेका सांसद मनाङे भने दुवै दलमा बस्न चाहेनन् । उनको स्वतन्त्र हैसियत कायम भएको छ ।
मनाङेले आफू स्वतन्त्र भएको निवेदन बुझाएपछि पहिले नेकपाको खातामा उनको नामबाट गएको लेबी समेत फिर्ता मागेका छन् । नेकपाको खातामा उनको नामबाट १ लाख भन्दा बढी रकम जम्मा भएको उनको दाबी छ ।
संसद सचिवालयका अनुसार प्रत्येक महिना ६ हजार ५ सयका दरले उनको तलब भत्ताबाट नेकपाको खातामा गएको थियो । ‘सबै रकम माग्नु भएको छ । उहाँको निवेदन दर्ता पनि भयो,’ एक कर्मचारीले भने, ‘अब यो जानकारी एमाले माओवादी दुवै दललाई दिन्छौं ।’
सांसद मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेको र नेकपाको सदस्य भएको औपचारिक जानकारी संसद सचिवालयलाई नभएको सचिव हरिराज पोखरेलले बताए । आधिकारिक पत्र बिना नै मनाङेको लेबी काटिएको छ । हालसम्म आफू नेकपाको संगठित सदस्य समेत नबनेको सांसद मनाङेले बताए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१