ऋषिङको धारापानीमा जीप खस्दा महिलाको मुत्यु

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
tanahu accident

दमाैली । दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने १५जना घाईते भएका छन् ।

दिउँसो करिब तीन बजे भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट झण्डै ७० मिटर तल खस्दा व्यास नगरपालिका वडा नं ५ की २५ वर्षीया मनु थापाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएकी थापाको उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज तिमिल्सेनाल जानकारी दिए ।

घाइते मध्ये तीन जनालाई पोखरा पठाइएको छ भने चार जनाको रत्नहरी र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width