पीसिआर गरेर मात्रै संसद चलाइने

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
Gandaki Province

पोखरा, १४ वैशाख । गण्डकीमा सत्तारुढ दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि पिसिआर गरेर मात्रै बैठक चलाईने भएको छ ।
पिसिआर परीक्षणको माग गर्दै एमाले सांसदहरुले उभिएरै संसद अवरुद्ध गरेका थिए । त्यसपछि संसद स्थगीत गरेर बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले पिसिआर पछि मात्रै बैठक चलाउने सहमति गरेको हो ।

‘पिसिआरका लागि आजै सबैले स्वाव दिने सहमति भयो । त्यसपछि भोलिसम्ममा त्यसको रिपोर्ट आउँछ,’ कार्यव्यवस्था परामर्श समितिका सदस्य तथा एमाले सांसद कृष्णबहादुर थापाले भने, ‘भोलि १ बजे बैठक बस्ने निर्णय भएको छ । पिसिआरमा कोरोना पोजिटिभ देखिएका सांसदहरु बोल्न पाउनुहुन्न । वहाँहरुले भोट मात्रै हाल्न पाउनुहुन्छ ।’

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले सत्तारुढ दलबाटै बैठक अवरोध हुनु दुर्भाग्य भएको बताए । ‘वहाँहरुले अस्तिको कार्यव्यवस्था बैठकमा केही कुरा राख्नुभएन । सरकारले भनेको रहेछ,’ उनले भने, ‘अहिले सत्तापक्षबाटै संसद रोकिनु राम्रो होइन ।’

मंगलबार सवा १२ वजे बसेको बैठकमा एमालेको अवरोधपछि २० मिनेट स्थगीत गरिएको थियो । साढे ३ बजेसम्म पनि बैठक बसेको छैन ।

एमाले सांसद राजीव पहारीले आफ्नो धारणा राखेपछि संसद स्थगीत भएको थियो । उनले धेरै सांसदहरु दीर्घरोगी भएकोले उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै पहिले पिसिआर गर्न माग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width