फाइल फोटो ।
नवलपरासी । दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोनाका कारण बाबुछोराको निधन भएको छ ।
मंगलबार बिहान रामग्राम नगरपालिका ९ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण निधन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताए ।
उनलाई स्वास फेर्न गाह्रो भए पछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्नु पर्ने भएकोले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको निधन भएको हो ।
मंगलबार बिहान साढे ८ बजेतिरको समयमा उनको निधन भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
दुई दिन अघि मात्रै उनका बाबुको पनि कोरोनाकै कारण घरमै निधन भएको थियो ।
यो सहित पश्चिम नवलपरासीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१