कास्कीसहितका जिल्लामा १ साता हैन वैशाखभर निषेधाज्ञा लागु गर्ने सरकारको निर्णय

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
cm @ cabinet

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री

पोखरा । कास्कीसहित कोरोना संक्रमित धेरै भएका जिल्लामा १ साता होइन अब १५ दिने निषेधाज्ञा लागु हुने भएको छ । काठमाडौंका ३ जिल्ला, कास्की, बागलुङ, बाँके, रुपन्देही,  सुर्खेत लगायतका जिेल्लामा १ साताका निषेधाज्ञा जारी भएको छ ।

संघ सरकारको मन्त्रीपरिषद बैठकले भने ती जिल्लामा १ साता होइन वैशाख महिनाभर निषेधाज्ञा जारी हुने गरी निर्णय गरेको छ । अब केन्द्र सरकारको निर्णय अनुसार नै जिल्लाहरुमा निषेधाज्ञा लागु हुने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

कास्की प्रशासनले वैशाख १५ गतेदेखि १ साताका लागि निषेधाज्ञा जारी गरेको थियो ।

यसैगरी कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय समेत मन्त्रिपरिषद्‌को बैठकले गरेको छ।

मन्त्रिपरिषद्‌को बैठकको निर्णयानुसार वैशाख १६ गतेदेखि नेपाल–भारत सीमा नाकाबाट हुने आवतजावतमा पूर्ण रोक लगाइने छ।

सीमा नाकाबाट हुने आवत–जावतमा रोक लगाइए पनि नाका भएर हुने आयात तथा निर्यात र त्यससँग सम्बन्धित काम–कारबाही भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर जारी रहने जनाइएको छ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीले अनिवार्य होम क्वारेन्टिन र विदेशी नागरिकले १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय समेत गरेको छ।

सरकारले आन्तरिक हवाई उडान भने तत्काल बन्द नगर्ने निर्णय गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width