देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्‍को निर्णय

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
school `

काठमाडाैं ।  सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएकाले यसको जोखिम न्यूनीकरणका लागि मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न निर्देशन गर्ने निर्णय क्याबिनेटले गरेको छ। भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न भनिएको हो,’ मन्त्रिपरिषद् बैठकमा सहभागी १ मन्त्रीले भने।

यसका साथै पहाडी क्षेत्रका जिल्लामा २ सय र सहरी क्षेत्रका जिल्लामा ५ सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा जारी गर्ने निर्णय समेत जिल्ला प्रशासन कार्यालयहरूले गर्न सक्ने समेत निर्णय गरिएको ती मन्त्रीको भनाइ छ।

यसअघि सीसीएमसीले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सोअनुसार सबै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेको सूचना पनि जारी गरिसकेका छन्।

सोमबार नै काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बेठकले वैशाख १६ देखि एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ।

Related News

सम्बन्धित समाचार

    • विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      बलेवा ।  बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको…
    • प्रधानमन्त्रीको शपथ आज

      rss रासस वैशाख ३१, २०७८
      काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी…
    • बिहे र पूजापछि गाउँभरि कोरोना

      Avatar श्रीभद्र पौडेल वैशाख ३१, २०७८
      हेमजा । पछिल्लो २ सातायता अन्नपूर्ण गाउँपालिका–५, झोवाङमा बिहे हुने क्रम तीब्र भएसँगै त्यहाँ कोरोना संक्रमण बढेको छ । उक्त गाउँमा…
    • संसदमा अल्पमतमा परेका ओली फेरि प्रधानमन्त्री नियुक्त

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      पोखरा । संसदबाट विश्वासकाे मत नपाएर पदमुक्त भएका केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको…
    • संस्कृतिकर्मी मेनकाजीलाई पत्नीशोक

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारणका बिहीबार दिउँसो २ बजे…

    hero news full width

    sanil ads

    wordlink ads